सनराइज बैंकको १२ औं वार्षिकोत्सवमा बृक्षारोपण

असोज ४, काठमाडौं । सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।   

‘Plant a tree, Save lifePlant a tree, Save life- हामी सँग सँगै’ भन्ने नाराको साथ बैंकले काठमाडौको बुढानिलकण्ठ स्थित क्ष्क्प्ऋइल्, राधा कृष्ण मन्दिरबाट कार्यक्रमको सुरुवात गरेको थियो । कार्यक्रमको उद्घाटन बैंकका अध्यक्ष मोतीलाल दुगड र ISKCON का अध्यक्ष रुपेश जोशीले गरेका थिए ।   

उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्य श्री ई. बच्छराज तातेड लगायत बैंकका अन्य पदाधिकारीहरुले पनि बृक्षरोपण गरेका थिए । सोहिदिन बैंकले आफ्नो बिराटचोक, जनकपुर, सुन्दरबजार , मणिग्राम, सानीभेरी र डडेलधुरा शाखाबाट पनि बृक्षारोपण कार्यक्रम गरेको थियो ।   

बैंकले असोज महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रूपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको  छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *