बजन घटाउनुकाे साथै यी बिभन्न राेगकाे उपचारमा तामा

 असाेज ९, काठमाडौं ।  तामाको बारे जोकोहीलाई थाहा छ । तामा भन्ने वितिकै सबैको मुखमा पानी आउन थालिहाल्छ । सबैले तामाको तरकारी र अचार बनाएर खाने गर्छन् ।  

अझ तामा आलुसँग मिसाएर खाँदा त निकै स्वाद आउछ । तामा स्वादमा मात्र होइन यसका फाइदा पनि धेरै छन् । तामाले हाम्रो शरिरलाई धेरै फाइदा गर्छ । यसको सेबन गर्नाले मुटु र फोक्सो सम्बन्धी रोगबाट बच्न सकिन्छ । यसको सेबन गर्नाले कोलस्ट्रोल नियन्त्रण हुन्छ ।   

त्यस्तै तामाको सेबनले वजन घटाउन पनि सहयोग गर्छ । तामा मधुमेह रोगीको लागी निकै फाइदाजनक मानिन्छ । घाउ तथा चोट लाग्दा पनि तामाको सेबन गर्नु राम्रो मानिन्छ । ग्यास्ट्रिक र अल्सरका रोगीका लागि पनि तामा निकै उपयोगी चिज हो । यसको सेबनले क्यान्सरको जोखिम न्युन हुन्छ ।पिसाबको संक्रमण भएमा तामा खाँदा ठिक हुन्छ । यसले पाचन प्रक्रियामा पनि सहयोग पुर्याउछ ।  एजेन्सी 

Image result for तामा

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *