भाद्र १७, काठमाडौँ । केही दिन देखी लगतार घट्ने बढ्ने क्रम जारी रहेको सुनको भाउनमा मंगलबार तोलामा ५ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउमा आज ५ सय बृद्धी भइ प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसै गरी तेजावी सुनमा पनि तोलामा ५ सय बृद्धी भई आज प्रतितोला ७२ हजार २ सय रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्यमा पनि बृद्धी भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला ८ सय ८५ मा कारोबार भईरहेको चाँदीको भाउनमा आज तोलामा १० रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।