एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर पश्चात एकीकृत कारोबार सुरु

असोज १२, काठमाडैँ । एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक मिमिटेडबीच शनिबारदेखि एकीकृत कारोवारको शुभारम्भ भएको छ ।   

दुबै संस्था गाभिएपश्चात बैंकको चुक्तापूँजी ११ अर्ब ५३ करोड र कोष ८ अर्ब ६२ करोड गरि कुलपुँजी २० अर्ब १५ करोड पुगेको छ  । मर्जपश्चात बैंकको नामएनएमबी बैंक लि. र मुख्यकार्यालय एनएमबी भवन, काठमाडौंस्थित बबरमहलमा रहको छ । 

दुबै संस्था गाभिएपश्चातको एनएमबी बैंकको तीन नम्बर प्रदेशमा शाखाहरुको सञ्जाल ४४ वटा, गण्डकी प्रदेशमा ३९ वटा र पाँच नम्बर प्रदेशमा शाखा सञ्जाल २९ वटा गरि जम्मा १६३ ओटा सञ्जाल विस्तार भएका छन् । एटिएमहरुको सञ्जाल १२८ पुगेको छ भने एक्स्टेन्सन काउण्टरहरुको संख्या ५ रहेको छ । 

null

एकीकृत कारोवारको शुभारम्भ गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ्गको उपस्थितीमा गण्डकी प्रदेशको पोखरामा भएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपालको शुभकामना सन्देश नेपाल राष्ट्र बैंकको पोखरा निर्देशक डा. डिल्लीराम पोखरेलले पढेर सुनाएका थिए ।   

यस एनएमबि बैंकमा कर्मचारी संचय कोषलगायतका संस्थाहरुको समेत लगानी रहेको छ । बैंकले लगातार वर्ष २०१७ र २०१८ मा द बैंकर, फाइनान्सियल टाइम्स, लण्डनबाट बैंक अफ द इयरको उपाधि प्राप्त गर्न सफल भएको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *