उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन खाइरहेको जागिरबाट राजिनामा दिनुपर्ने

भदौ २१, काठमाडौँ । निजामती कर्मचारीले सेवामै रहेर माथिल्लो तह उपसतिव र सहसचिवको खुल्ला प्रतिस्पर्धामा भाग लिन नपाउने भएका छन् । राजपत्रअनङ्कित र राजपत्राङ्कित तृतीय श्रेणीसम्मका कर्मचारीले खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिवमा बढुवा हुन चाहे कार्यरत पदबाट राजीनामा दिनुपर्नेछ ।   

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती कर्मचारीसम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले शुक्रबार यस्तो सहमति गरेका हुन् । राजपत्रांकित द्वित्तीय र प्रथम श्रेणी (उपसचिव र सहसचिव) मा आवश्यक संख्याको १०/१० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा यस्तो प्रावधान राख्न लागिएको हो ।  

यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *