नवजात शिशुलाई अमेरिकी नागरिक बनाउने महिला पक्राउ

असाेज ३, अमेरिका ।  अमेरिकामा चीनकी एक महिलाले ‘बर्थ टुरिजम’ स्किम चलाएको आरोपमाथि आफ्नो अपराध स्विकार गरेकी छिन् । उनलाई पैसा दिएपछि चिनियाँ दम्पत्तीलाई अमेरिकामा आफ्नो बच्चा जन्माउने सुविधा प्रदान गर्थिन् । 

डोंगयुआन लीने उनको कम्पनीले धनी चिनियाँ नागरिकलाई अमेरिकामा बच्चा जन्माउन मद्दत गरेको स्विकार गरिन् । लीले आफ्ना ग्राहकलाई अमेरिकी आप्रवासी नियमबाट कसरी बच्ने र आफ्नो गर्भलाई कसरी लुकाउने भनेर तालिम दिन्थिन् । 

उनले यो गरेबापत् वायर ट्रान्सफरमार्फत् ३० लाख अमेरिकी डलर कमाइ गरिन् । लीलाई डिसेम्बरमा सजायँ सुनाइनेछ । यो मामलामा उनलाई १५ वर्षसम्म जेलको सजाय हुनसक्छ । 

Image result for नवजात

के थियो स्किम ? 

लीले सन् २०१३ देखि २०१५ बीच उनको कम्पनीले ‘यू विन युएसए भ्याकेशन सर्भिसेज’ चीनियाँ नागरिकलाई अमेरिकामा बच्चा कसरी जन्माउने भनेर सिकाएबापत् ४० हजारदेखि ८० हजार अमेरिकी डलर लिएकी थिइन् । यसमा सरकारी अधिकारी पनि समावेश थिए । 

आफ्नो वेबसाइटमा कम्पनीले पाँचसय बढी ग्राहक भएको दाबी गरेको थियो । यसमा अमेरिकी बन्नु ‘सबैभन्दा आकर्षक राष्ट्रियता’ हो र यसले अमेरिकाको सरकारमा जागिरको प्राथमिकता सुनिश्चित हुने बताएको छ । लीले आफ्ना ग्राहकलाई सुरुमा चीनबाट हवाई आउन भन्थिन् । यो गर्दा अमेरिकी कस्टम विभाग पार गर्न सहज हुने मानिन्छ । 

त्यसपछि त्यहाँबाट लस एन्जलस जान्थे जहाँ अपार्टमेन्टमा उनी बस्ने व्यवस्था गरिन्थ्यो । लीले ग्राहकलाई चीनमा चीनमा अमेरिकी दूतावासमा कसरी अन्तर्वार्ता दिने भनेर पनि प्रशिक्षण दिने गरेको स्विकार गरिन् । यसबाहेक उनले दुई हप्ताको लागि मात्र अमेरिका जान लागेको भनी झुटो बयान दिन पनि सिकाएको स्विकारिन् । 

वास्तवमा उनीहरु बच्चा जन्माउनका लागि तीन महिनाका लागि त्यहाँ जाने योजनामा हुन्थे । लीले यसमार्फत्  घर र मर्सिडिज बेन्जसहित आठ लाख ५० हजार डलर बढी सम्पत्ति आर्जन गरेकी छिन् । 

गलत दाबीमार्फत् भिसा बनाएर अमेरिका जानु र त्यहाँ बच्चा जन्माउनु गैरकानूनी हो । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *