स्काभेटरले किचेर १ को मृत्यु

भाद्र २९ संखुवासभा ।  सङ्खुवासभाको खाँदबारीमा स्काइभेटरले किचेर सख्त घाइते भएका खाँदबारी–८ का ८५ वर्षीय शहरबहादुर राईको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार घाइते राईको तुम्लिङटारस्थित मनकामना अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो ।   

तुम्लिङटार–चेवाबेँशी सडकखण्डमा काम गर्दै गरेको स्काभेटरले शनिवार ती वृद्धलाई किचेको थियो । भोजपुर निवासी स्काभेटर चालक टीकाराम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *