वडाध्यक्ष रमेश नेपालले किन गरे आत्महत्याको प्रयास ?

भाद्र २१, बुटवल । बुटवल उपमहानगरपालिकाका एक वडाध्यक्षले आत्महत्याको प्रयास गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्याको प्रयास गरेका हुन् । नेपालले वडा नं. २ पुरानो बुटवल बजारस्थित आफ्नै घरमा बिहान ९ बजे सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेको बताइएको छ ।   

नेपाललाई घरको कोठाको ढोका बन्द गरी सिलिङ पंखामा झुण्डिएको अवस्थामा आमाले देखेपछि छिमेकीलाई खबर गरी घाँटीको डोरी काटेर भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका लागि अस्पताल पुर्याइएको थियो । अहिले नेपाललाई मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

बुटवल वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताए । क्षेत्रीका अनुसार लामो समय श्वासप्रश्वास बन्द भएको कारण मष्तिष्कमा अक्सिजन बन्द भए पनि घाँटीको हड्डी भने भाँचिएको छैन ।   

क्षेत्रीले घरायसी कारण वा मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको विषयमा परेको मुद्दाको विषयले पनि उनी तनावमा रहेको हुन सक्ने बुझिएको छ । पारिवारिक स्रोतका अनुसार उनी केहि समयदेखि मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको विषयलाई लिएर तनाबमा थिए ।   

उनी मणिमुकुन्द सेन उद्यान बुटवल फुलबारीको महासचिव हुन् । केही समय अगाडि फुलबारीस्थित चिडियाखानामा रहेको चितुवाको खोरमा काठ भेटिएको विषयलाई लिएर उद्यानका पदाधिकारीहरूविरूद्ध मुद्दा परेको थियो । त्यहि विषयमा उनले आत्महत्या गरेको हो वा अन्य कारण खुल्न सकेको छैन ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *