विश्व मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण निःशुल्क

असोज १०, काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न  ल्याव परीक्षण निःशुल्क गर्ने भएको छ । विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते ईसीजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो ।   

अस्पतालसहित लायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन् । ‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर अस्पताल प्राङ्गणमा सो दिन निःशुल्क स्वास्थ्य शिविर पनि हुदैँछ । 

मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु मात्र निशुल्क हुने अल्का अस्पतालका सीईओ दिलिप थापाले बताए। उनका अनुसार सो दिन अस्पताल परिसरमा हुने निःशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निःशुल्क वितरण गरिनेछ । 

null

शिविरमा जाँच गरेकाहरुको  १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *