दशैंमा मोरङ प्रहरीको विशेष सुरक्षा योजना, साइकलमा पनि गस्ती गर्ने

असोज ६, विराटनगर ।  जिल्ला प्रहरी कार्यलय मोरङले दशैं विशेष रुरक्षा योजना अपनाउने भएको छ । कुनै पनि अपराधिक घटना हुन नदिन मोरङमा  ६ सय ९० जना प्रहरी परिचालन गर्ने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।   

दशैंमा विराटनगर महानगरमा जनघनत्व बढी हुने र आर्थिक कारोबार पनि बढि हुने भएकाले प्रहरीले विशेष सुरक्षा योजना अपनाएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । यस पटकको दशैंमा मोरङ प्रहरीले विराटनगरमा ५ क्षेत्रमा  सुरक्षा दिने रणनीति अपनाएको छ ।   

विराटनगर बाहिर ९ क्षेत्रमा रणनीति तय गरेको अधिकारीले बताए । प्रहरीले विराटनगरमा पाँच क्षेत्रमा विभाजन गरिएको सुरक्षामा गाडी मोबइल, सादा पोशाक, सीआरभी गाडी, पैदल, साईकल गस्ती गर्ने भएका छन् ।   

चहलपहल बढी हुने स्थानमा प्रहरीले विशेष निगरानी गर्ने भएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन वित्तीय संघसंस्था, सुनचाँदीर आर्थिक कारोबार बढी हुने स्थानमा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिने छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *