धनगढीमा चम्ल्याहा शिशुको जन्म

  

असाेज ९, काठमाडौँ । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) शिशु जन्माएकी छन् । २७ वर्षीया शाहीले सिनामङ्गल स्थित काठमाडौँ  मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरी जन्माएको उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. चन्दा कार्कीले जानकारी दिइन् । 

आठ महिनाको गर्भबाट डा. कार्की लगायतको चिकित्सकको टोलीले शल्यक्रिया मार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमश : १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । 

सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान पदम शाहीले जानकारी दिए । 

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा. डा. कार्कीले बताइन् । ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ । रासस 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *