लुक्लाबाट उडेका आठ हेलिकप्टर आकश्मिक अवतरण

भाद्र ३१, सोलुखुम्बु । सोलुखुम्बुको लुक्लाबाट उडेका ८ वटा हेलिकप्टरको आकश्मिक अवतरण गरिएको छ । 

खराब मौसमका कारण ती ८ हेलिकप्टरको  काठमाडौँबाट २५ देखि ३५ किलोमिटरको दूरीमा सुरक्षित स्थानमा सुरक्षित अवतरण गरिएको हो ।   

मनाङ्ग, सिम्रिक र कैलाश एयरसहितका हेलिकप्टरहरु सुरक्षित स्थानमा अवतरण गरिएको हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उडानकै क्रममा मौसम खराब भएपछी सुरक्षित स्थानमा अवतरण गरिएको हो ।   

केही दिन देखी खराव मौसमका कारण लुक्ला विमानस्थलबाट उडान भर्न सकेको छैन र करिब ३०० भन्दा बढी पर्यटक काठमाडौँ आउन नपाएर त्यही अलपत्र भएर बस्नु बाँध्य भएका छन् ।   

सोही पर्यटक सवार हेलिकप्टर नै काभ्रेको पाँचखालसहितका क्षेत्रमा आकश्मिक अवरतरण गरेर बसकेको बताईएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *