उद्योग वाणिज्य सङ्घ इनरुवाको अध्यक्षमा वीरेन्द्रकुमार साह

असोज १२, काठमाडौँ । उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका हुन् ।   

पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी हुनु भएका हुन् । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद दाहालले बताए ।   

दुई महिला सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको थियो । गत शनिबार सम्पन्न भएको मतगदानमा कूल एक हजार ३२५ मतदाता रहेको सङ्घमा एक हजार १८२ मत खसेको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *