काकालाई खुकरी हान्ने भतिजा पक्राउ

भाद्र २५, विराटनगर । खोटाङमा सामान्य विवादमा काकालाई खुकुरी हान्ने एक भतिजालाई प्रहरीले पक्राउ गरेको छ । 

खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा सामान्य विवादमा काकालाई खुकुरी हान्ने दिनेश कट्वाललाई पक्राउ गरेको हो ।   

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार राती  मादक पदार्थ सेवन गरेका दिनेशले  सामान्य विवादमा ४३ वर्षिय उनको काका बालाराम कट्वालमाथि खुकुरी प्रहार गरेका थिए ।   

Image result for खुकरी प्रहार

खुकुरी प्रहारबाट घाइते भएका बालारामको हाल जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।   

पक्राउ परेका दिनेशमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *