प्रहरीद्वारा ९ वर्षदेखि फरार अभियुक्त पक्राउ

भाद्र ३१, बारा । बारा प्रहरीले बिगत ९ वर्ष देखी फरार रहेका ३ अभियुक्तलाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर ८ बस्ने सुईटप्रसाद यादव, अकलुप्रसाद यादव र भुटनप्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार कुटपिट मुद्दामा अदालतबाट सजाय पाई फरार रहेका उनीहरुलाई लुकिछिपी बस्दै आईरहेको अवस्थामा पक्राउ गरिएको हो ।   

पक्राउ परेका तीनैजनालाई २०६७ साल पुस १२ गतेकोे जिल्ला अदालत बाराको फैसलाले कुटपिट मुद्दामा जनही १ महिना १५ दिन कैद र ९ सय ७५ जरिवाना सुनाएको थियो ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *