विश्व मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण नि:शुल्क

असोज ९, ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निःशुल्क गर्ने भएको छ । 

विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इसिजी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण निःशुल्क गर्न लागेको हो । अस्पतालसहित लायन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन् ।   

‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर अस्पताल प्राङ्गणमा सो दिन निःशुल्क स्वास्थ्य शिविर पनि हुँदैछ । 

मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु मात्र निःशुल्क हुने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए । 

उनका अनुसार सो दिन अस्पताल परिसरमा हुने निशुल्क शिविरका जाँच गरिएका बिरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निः शुल्क वितरण गरिनेछ । 

शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *