यसरी आफूलाई डेंगूबाट जोगाऔँ

भाद्र २५ ।  डेंगूले तपाइकाे शरीरलाई आन्तरिक रूपमा क्षतिग्रस्त र कमजोर बनाउँछ । सही समयमा उपचार भएनभने याे राेग घातक साबित हुनसक्छ । डेंगूकाे प्रभाव देखिएपछि यसकाे उपचार गर्नुभन्दा पनि यसबाट बच्ने उपाय अपनाउनु उत्तम हुन्छ । आउनुहाेस् जानाै यस्ता ९ घरेलु चिजबस्तुका बारेमा जसले तपाइलाई डेंगुबाट बचाउन सहयाेग गर्दछ । 

१. भिटामिन सी 

जति सक्दाे भिटामिन सी यूूक्त खाना खानुहाेस् । भिटामिन-सीले तपाइलाइ स्वस्थ राख्नका साथै तयाइकाे राेग प्रतिराेधक क्षमता बढाउनमा मदत गर्दछ । र साथै यसले तपाइका शरीरमा कुनैपनि प्रकारकाे संक्रमण फैलिनबाट राेक्छ । 

Image result for डेंगू

२. हल्दीकाे प्रयोग 

सामान्यतया: दाल तरकारिमा हल्दीकाे प्रयोग हुन्छ नै, यसकाे अलावा दुधमा हल्दि हालेर सेवन गर्नुहाेस् । हल्दीमा रहेकाे एंटीबायोटिक तत्वले तपाइकाे प्रतिरक्षा तंत्रलाइ मजबूत गरेर राेग लाग्नबाट तपाइलाइ बचाउने छ । 

३. तुलसी र मह   

तुलसी र महकाे प्रयाेग गर्नाले पनि डेंगूबाट आफुलाइ बचाउन सकिन्छ । यसका लागि तुलसीलाइ पानीमा उमालेर त्यसमा मह मिलाएर पिउन सकिन्छ । यसका अलवा तुलसीकाे प्रयाेग चियामा पनि गर्न सकिन्छ । यसमा भएकाे एण्टिब्याक्टेरियल गुणले राेग लाग्न बाट बचाउन सहयाेग गर्दछ । 

४. मेवाकाे पात 

डेंगूकाे उपचारमा मेवाकाे पातलाइ महत्त्वपूर्ण उपचार मानिन्छ । मेवाकाे पातकाे रस निकालेर दिनमा २-३ चम्चा खाएमा डेंगूबाट बच्न सकिन्छ । यसमा प्रोटीनले भरपूर पपेन नामकाे एन्जाइम पाइन्छ, जसले पाचन शक्तिलाइ सन्तुलित गर्छ यसका अलावा राताे रक्त कणकाे पनि वृद्धि गर्दछ । 

५. अनार   

डेंगूकाे ज्वराेमा शरीरमा हुने रगतकाे कमि र कमजाेरीलाइ भगाउनका लागि अनारकाे सेवन फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन ई, सी, ए, फोलिक एसिड र एन्टी अँक्सीडेंट एकदमै लाभदायिक साबित हुन्छ । यसले राताे रक्त कणहरूकाे निर्माणमा पनि महत्त्वपूर्ण भुमिका खेल्छ । जसले शरीरमा हुने रगतकाे कमिलाइ पुरा गर्दछ । 

६. मेथी   

मेथीकाे हरियाे पातकाे सेवन डेंगूबाछ बचाउनमा मदत गर्दछ । यसकाे प्रयाेगले शरीरमा रहेका सम्पूर्ण हानिकारक र विषाक्त पदार्थलाइ बाहिर निकाल्छ । यसका अलावा शारीरिकाे दुखाइ र अनिद्राकाे समस्यामा पनि याे लाभदायिक हुन्छ । यसकाे साग या यसलाइ पानीमा उमालेर प्रयोग गर्न सकिन्छ । यसका अलावा मेथीकाे दाना पनि प्रयोग गर्न सकिन्छ । 

७. बाख्राकाे दूध 

डेंगू  लागेका मानिसले बाख्राकाे दूधकाे सेवन गर्नु एकदमै फाइदाजनक छ ।  यसका लागि बाख्राकाे काँचाे दूध दिनमा दुइ या तीन पटक पिउनु लाभदायिक हुन्छ । यसका अलावा यसले रगतकाे कमिलाइ पूर्ण गर्दछ, प्रतिरक्षा तन्त्रलाइ मजबूत गर्दछ र जाेर्निकाे दुखाइलाइ पनि लाभदायिक हुन्छ । 

८. जमराकाे जूस   

जमराकाे जूस पिउनाले रगतमा प्लेटलेट्सकाे निर्माण तीव्र हुन्छ र हाम्राे शरीरमा राेग प्रतिराेधक क्षमताकाे वृद्धि हुन्छ । प्रतिदिन दुइपटक एक चिया गिलास जमाराकाे जूस पिउनाले डेंगूका साथै कैँयाै राेगहरूबाट बच्न सकिन्छ । 

यसका अलावा मच्छरबाट जति सकिन्छ बच्नु नै डेंगूबाट बच्ने प्रमुख उपाय हाे । मच्छरबाट बच्नका लागि हर समय सावधानी हुनुपर्छ र पानी जम्ने खाल्डा खुल्डी पुर्नुपर्दछ, घर बाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउने, सुत्दा झुलको प्रयोग अनिवार्य गर्नुपर्छ। सकेसम्म झ्याल, ढोकामा जाली प्रयोग गर्ने र अन्त्यमा  डेंगुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण गर्नुपर्छ। एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *