महिला कानुन व्यवसायीको राष्ट्रिय सम्मेलनको तयारी पुरा, सम्मेलन धरानमै हुने

भाद्र १८, धरान ।  कानुन व्यवसायीहरुको संस्था नेपाल बार एशोसिएसन केन्द्रीय समित तथा जिल्ला कार्य समिती सुनसरीको संयुक्त आयोजनामा सुनसरीको धरानमा हुने २८ औं कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलनको तयारी करिब पुरा भएको छ ।   

यहि आउँदो भदौ २०र २१ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको प्रधान न्याधिश चोलेन्द्र समशेर जवराले उद्घाटन गर्ने कार्यक्रम रहेको बुधबार  नेपाल पत्रकार महासंघ सुनसरीको धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।   

पत्रकार सम्मेलनमा बारका केन्द्रीय अध्यक्ष चण्डेश्वर श्रेष्ठ , कोषअध्यक्ष रुद्र प्रसाद पोख्रेल, प्रदेश नं १ का उपाध्यक्ष मान बहादुर रुम्दाली, महिला उपाध्यक्ष रक्षा बस्याल, सुनसरी जिल्ला बार एशोशियनका अध्यक्ष प्रेम प्रसाद पोखरेल, सचिव शंकर पोखरेल, लगायतले तयारीको बारेमा जानकारी दिए । 

सम्मेलनमा देशभरका १ हजार बढि कानुन ब्यवसायीको सहभागिता रहने छ । यसैगरी  राष्ट्रिय अन्तर्राट्रिष्य पर्यबेक्षकहरुको समेत सहभागिता रहनेछ, भने ३० वटा कार्यपत्रमाथी टिप्पणी हुने छ ।   

त्यस्तै सम्मेलनबाटै मानव अधिकार तथा लैङिक न्यायको दृष्टिकोणबाट संबिधान कार्यान्वयनसंग सम्बन्धीत कानुनहरुको बिश्लेषण, मुलुकी देवानी संहितामा लैङिगक दृष्ट्रीकोणबाट पारिवारीक कानुन बिश्लेषण, मुलुकी अपराध संहितामा महिला बिरुद्धको अपराध र कार्यान्वयनको चुनौती, न्यायीक समितीको भुनौतीहरु, कानुन व्यवसाय महिलाको पेशागत अबस्था, अवसर र चुनौती, महिला बिरुद्धको हिंसाको अबस्था, चुनौती र भावी रणनीती, न्यायमा पहुँच, निशुल्क कानुनी सहायता र प्रोबोनो र निर्वाचनमा प्रक्रियामा महिला सहभागीता लगायतका बिषयमाथी छलफल बहस गरी धरान घोषणापत्र समेत जारी रहनेछ   

नेपाल बारको ६१ बर्षको ईतिहासमा सुनसरीको  धरानमा पहिलो पटक महिला राष्ट्रिय सम्मेलन हुन लागेको हो  । सम्मेलनमा ७७ जिल्लाबाट १८ हजार कानुन व्यवसायी एशोसियनमा आबद्ध रहेको छ  भने एशोसिएसनमा २ हजार महिला कानुन व्यवसायी आबद्ध छन ।   

धरानमा डेंगुको महामारी फैलिएको भएपनि त्यसको बाबजुत पनि धरानको वडा नं १५ स्थित किरात याक्थुङ चुम्लुङ भवनमा सम्मेलन सम्पन्न गर्ने निर्णय भएको एशोसियनले पत्रकार सम्मेलनमका जनाईएको  छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *