सानिमा बैंकको अमरसिंह शाखाद्वारा विद्यालयलाई ६ लाख आर्थिक सहयोग

भदौ ३१, काठमाडौं । सानिमा बैंकको अमरसिंह, पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित ‘विद्यालय खाजा अभियान’ लाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।   

बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले संस्थागत सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै कालिका विद्यालयको प्रधानाध्यापक बलराम गिरीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।   

सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले त्यस विद्यालमा उल्लेखनिय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको बताए ।   

बैंकका शाखा प्रबन्धक बिरेन्द्र लाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन भनि विद्यालयको यस्तो महान सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे ।   

उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १ सय २५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउँदै आइरहेको छ ।   

सानिमा बैंकले विगत ७ बर्ष देखि सम्पुर्ण उपत्यका बाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको छ । साथै शैक्षिक क्षेत्रमा थप योगदान दिन त्भबअज ँयच ल्भउब िसंस्थालाई पनि आर्थिक सहयोग गरेको छ ।   

सानिमा बैंकका सात वटै प्रदेशमा हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *