अरुण नदीमा बिरामी बोकेको गाडी खस्दा ६ जना बेपत्ता
२०७६ असोज १ गते

असोज १, संखुवासभा । संखुवावासभाको धर्मदेवी नगरपालिकामा बोलेरो गाडी भीरबाट खस्दा ६ जना बेपत्ता भएका छन् ।
मंगलबार राति करिब १० बजेर १५ मिनेट जाँदा संखुवावासभाको खाँदबारीबाट बिरामी लिएर हिँडेको को १ ज ३७४९ नम्बरको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खसेको हो ।
गाडी नदीमा खस्दा चालक सन्तोष बिकसहित खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको बच्चा समिर श्रेष्ठ, उनका बुबाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएका प्रहरीले जनाएको छ ।
null
दुई महिने बालकको खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो।
अरुण खोलामा बाढीआएका कारण बेपत्ता हुनेहरुको खोजीमासमेत समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
२०७६ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








