४१ वर्षदेखि बसोबास गर्दै आएकालाई विस्थापित गर्न खोजिएको आरोप

विराटनगर । ४१ वर्षदेखि बसोबास गर्दै आईरहेको ठाँउबाट आफुहरुलाई विस्थापित गर्न खोजिएको भन्दै स्थानियहरुले गुनासो पोखेका छन् । विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मलेनमा  पथरी शनिश्चरे नगरपालिकाका स्थानिय बासिन्दाहरुले उक्त कुरा बताएका हुन् ।   

भुमाफियाहरुले पैसाको आडले नक्कली कागजात पेश गरी धनीपुर्जा निकालेर वि सं २०३५ सालदेखि आफुले बसोबास गर्दै आएको जग्गा आफ्नो भएको भन्दै दाबी गर्दै आईरहेको स्थानिय बासीन्दाको भनाई छ ।   

पथरी शनिश्चरे नगरपालिका वडा ३ का मौसम लिम्बुका अनुसार राज्यले हिजोका दिनसम्म आफुलाई सुकुम्बासी र आज आएर अव्यवस्थित घोषित गर्दा धनीपूर्जा प्राप्त गर्न नसेको बताए  । सुकुमबासी भएर बस्नुभन्दा पहिले उक्त जग्गा सट्टा भर्नामा रहेको उनको भनाई छ । सट्टा भर्नाको क्रममा केही व्यक्तिहरुलाई जग्गा मन नपरेकोले उनीहरु व्यवस्था अनुरुप आफु पहिलेदेखि बसोबास गर्दै आएको ठाउँमा फर्किएको जानकारी दिए । उनीहरु फर्किएपछि त्यही समयदेखि आफु लगायतका अन्य व्यक्तिहरुले सो जग्गामा बसोबास गर्दै आइरहेको लिम्बुको भनाई छ । 

हाल पथरी शनिश्चरे नगरपालिकामा बसोबास गर्दै आएका ७५ प्रतिशत घरधुरीका सुकुम्बासीहरुको ९० प्रतिशत सुकुम्बासीहरु द्धैद स्वामित्वमा बस्दै आएका छन् । भुमाफियाहरुले उक्त नगरपालिकाका ३० वटाभन्दा बढी घरधुरीहरुलाई डाँका शैलीमा भगाउने प्रयास गरेको स्थानियबासीहरुको आरोप छ ।  

स्थानीहरुले भुमाफियाहरुबाट पटकपटक दुख झेल्दै आईरहेकोले पथरी शनिश्चरे नगरपालिका अन्तर्गत किँराती चौक स्थित भुमाफिया कैदी गृह समेत निर्माण गरेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *