१२ औं राष्ट्रिय जनगणनाको तयारी शुरु, प्रदेश १ का कानुन मन्त्री भन्छन्-तथ्याङ्क मिथ्याङ्क नहोस्

भदौ २०, विराटनगर । १२ औं राष्ट्रिय जनगणनाको तयारी शुरु भएको छ । आगामी २० महिनापछि हुने राष्ट्रिय जनगणनाका लागि केन्द्रिय तथ्याङ्क विभागले तयारी शुरु गरेको हो । राष्ट्रिय जनगणना २०७८ को प्रचार प्रसारको तयारीका लागि बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ ।  

केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरंगको आयोजनामा भएको कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले तथ्याङ्क संकलन सही हुनुपर्ने बताए । उनले तथ्याङ्क मिथ्याङ्क हुन नहुनेमा जोड दिए । देशको जनसंख्याकै आधारमा आवधिक योजना निर्माण गरिने हुँदा पनि तथ्याङ्क राम्रो हुनुपर्ने उनको सुझाव छ ।   

प्रदेश सचिव सुरेश अधिकारीले जनगणनाबाट सरकारले नीति निर्माण गर्ने बताए । जनगणना आउन २० महिना बाँकी रहेकाले तयारी राम्रो गर्न उलने सुझाव दिए । केन्द्रीय तथ्याङ्क विभागले १२ औं राष्ट्रिय जनगणनालाई आधार जनगणनाको रुपमा लिएको छ ।   

राष्ट्रिय जनगणनाका लागि ७९ वटा जिल्ला गणना कार्यालय  स्थापना गरिएको तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामीछानेले जानकारी दिए । सातवटै प्रदेशमा पनि प्रदेश गणना कार्यालय स्थापना गरिने बताए । उनले आगामी दशैं पछि ७ वटै प्रदेशका २/२ वटा जिल्लाका केही वडालाई समावेश गरेर नमूना जनगणना शुरु गरिने बताए । 

राष्ट्रिय जनगणनाका लागि ५० हजार जनशक्ति परिचालन हुने उनले बताए । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल र पत्रकार महाप्रसाद खतिवडाले राष्ट्रिय जनगणना २०७८ वारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *