जेष्ठ नागरिकसंग ईलाका प्रहरी कार्यलय धरानको अर्न्तकृया

भाद्र  १५, धरान ।  जेष्ठ नागरिकहरुको सुरक्षा तथा तिनीहरु बिरुद्ध हुने अपराध नियन्त्रणमा प्रहरीको भुमिका बिषयक अर्न्तकृयाको सुनसरीको धरानमा आयोजना गरिएको छ । 

ईलाका प्रहरी कार्यलय परिसरमा गरिएको कार्यक्रममा धरान नगरका प्रभुद्ध जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रममा  जेष्ठ नागरिकको परिचय पत्रको अनिवार्यता सरकारी सेवा र सुविधा तथा प्रहरी प्रशासनले दिने सुरक्षाको व्यवस्था विषयमा केन्द्रित थियो । 

कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख  यज्ञ बिनोद पोखरेल र ईलाका प्रहरी कार्यलय धरानका डि एस पी ढुन्डीराज न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिकका समस्याको पहिचान गरी स्थानीय स्तरमै समाधानका लागि चालिनु पर्ने पहल कदमीबारे समेत चर्चा गरिएको थियो । 

जेष्ठ नागरिकहरुको सम्मान र उनिहरुको समस्या पहिचान गरी समाधानको पाटोमा सरोकारवालाहरुको भूमिका जुटाउन कार्यक्रमको आयोजना संस्थाका कार्यवाहक अध्यक्ष कुमार बहादुर कार्कीको अध्यक्षतामा गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *