दुई भारतीय नागरिक पक्राउ

भाद्र ३१, बीरगञ्ज । बारा प्रहरीले साइकलमा लोड गरी लुकाइ छिपाइ  नेपालबाट भारत तर्फ मदिरा तस्कर गर्ने दुई भारतीय नागरिलाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला पञ्चायत मझरिया बस्ने ३५ वर्षका तेजनारायण यादव र २५ वर्षीय बिजय कुमार यादव रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार उनीहरुलाई बिश्रामपुर गाउँपालिका वडा नम्बर १ कल्याणपुरमा चेकजाँच गर्नेक्रममा  १ सय २० बोतल कस्तुरी नामक मदिरा सहित पक्राउ गरेको हो । 

भारतको बिहारमा सरकारले मदिरामा रोक लागएपछी नेपालबाट मदिरा लाने तस्करहरु बढ्दो छ ।  पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *