न्यायको दीपलाई सर्वाेच्च अदालतको शिरमा प्रतिस्थापना गर्न चाहेकोः प्रधानन्यायाधिश राणा

भाद्र २०, धरान ।  सर्वाेच्च अदालतका प्रधान न्याधिश चोलेन्द्र शमशेर जवराले न्यायको दिपलाई सर्वाेच्च अदालतको शिरमा प्रतिस्थापना गर्न चाहेको बताएका छन् ।  शुक्रबार  नेपाल बार एशोसिएसन केन्द्रीय समितिले आयोजना गरेको  २८ औ कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलनलाई धरानमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकाे हाे । 

उनले महिला कानुन ब्यवसायीको प्रसंशा गर्दै न्यायपालिकामा बिचौलीयका भूमिका न्युनीकरण गर्न आफनो भूमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरे ।  जवराले आफनो चाहना सृद्धढ न्यायपालिका बनाउने भएको भन्दै आफुले न्याधिश भित्रबाटै सुधार गनुपर्ने कार्य थालेको बताए ।   

जसका लागी जवराले आफनो निर्णय छिटो भन्दा छिटो हुने गरेको बताए । आफुलाई काममा  ढिलासुस्ती पटक्कै मन नपर्ने बताउँदै जवराले बारको सहयोग र साथले नै न्यायलय अगाडी बढने बताएका थिए । साथै उनले न्यायलयमा बिचाराधिन मुद्धहरुमा द्धृत गतीमा सुनुवाई भईरहेको समेत  प्रस्ट पारे ।   

आजबाट सुरु भएकोे राष्ट्रिय सम्मेलन भोली सम्म चल्नेछ । सम्मेलनमा ८ वटा विषयमा कार्यपत्र प्रस्तुत गरि छलफल हुनेछ । जसमा मानव अधिकार तथा लैङ्गिक न्यायको दृष्टिकोणबाट संविधान कार्यान्वयनसंग सम्बन्धीत कानुनहरुको बिश्लेषण लगायत रहेका छन् । 

मुलुकी देवानी संहितामा लैङ्गीक दृष्टीकोणबाट पारिवारीक कानुन बिश्लेषण, मुलुकी अपराध संहितामा महिला बिरुद्धको अपराध सन्दर्भ र कार्यान्वयनको चुनौती रहने कार्यक्रमका वक्ताहरुले बताएका थिए । त्यस्तै न्यायिक समितीको भूमिका अवसर र चुनौतीहरु, कानुन व्यवसायी महिलाको पेशागत अवस्था, अवसर र चुनौतीका बारेमा कार्यपत्र समेत पेश हुनेछ । 

धरान १५ स्थित किरात याक्थुम चुम्लुङ परिसरमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधिश मिरा खड्का, सपना प्रधान मल्ल, प्रदेश नं एकका सभामुख प्रदिप भण्डारी, प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मन्जु भण्डारी, देशका बिभिन्न जिल्लाका न्यायधिशहरु, लगागतयले मन्तब्य राखेका थिए । 

 सम्मेलनमा सयौंको संख्यामा कानुन व्यवसायी महिलाहरुको सहभागीता रहेको छ । सम्मेलन भोली शनिबार धरान घोषणपत्र जारी गर्दै सकिने छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *