‘भाडावालसँग बढि विद्युत शुल्क लिए घरवालालाई कारवाही हुन्छ’ कुलमान घिसिङ

भाद्र २९, काठमाडौं । राजधानीका घरवेटीले डेरावालसँग प्राधिकरणको रेट भन्दा बढि शुल्क लिने गरेका छन् । घरवेटीहरुले भाडावालसँग प्रति युनिट २० रुपैंयासम्म असुलेर डेरावालमाथि चरम शोषण गरीरहेकोमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस्ता घरवालाई चेतावनी दिएका छन् ।   

प्राधिकरणमा आयोजित पत्रकार भेटघाटमा बोल्दै कुलमान घिसिङले प्राधिकरणले तोकेको दररेट भन्दा बढि महशुल शुल्क लिन नमिल्ने भन्दै भाडामा बस्नेसँग बिजुलीको शुल्क बढी नलिन निर्देशन दिए ।   

केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै उनले कुनै पनि घरबेटीले भाडामा बस्नेसँग प्राधिकरणले तोकेको शुल्कभन्दा धेरै शुल्क लिएको पाए कारवाही गर्ने चेतावनी दिए । ‘घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन्, प्राधिकरणलाई उनीहरुले जति तिर्छन्, भाडावालसँगबाट पनि उत्ति नै लिनुपर्छ, बढी लिए कारबाही हुन्छ ।’  उनले भने ।   

उनले भाडावाललाई पनि प्राधिकरणले तोकेकोभन्दा धेरै बिजुलीको शुल्क घरबेटीलाई नदिन भने । ‘घरवालाको रेट हैन प्राधिकरणको रेट अनुसार विजुलीको महशुल तिर्नुस । जसले बढि शुल्क लिन्छ खबर गर्नुस हामी कारवाही गर्छौं ।’ 

प्राधिकरणले उपभोक्तालाई विभिन्न क्याटोगोरीमा राखेर विद्युत महशुल निर्धारण गरेको छ । जस अनुसार एम्पियर प्रयोग गर्नेले प्रति युनिट रु १३ रुपैंया कायम गरेको छ । यसमा प्राधिकरणले कम खपत गर्ने उपभोक्तालाई प्रोत्साहन गर्न विभिन्न छुट समेत दिएको छ ।   

प्राधिकरणले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएको छ । पछिल्लो समय मुलुकमा विद्युत उत्पादन बढेको र वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् । विद्युतीय चार्जिङ पोईन्टको नीति बनिसकेको र यसको कार्यन्वयनमा जान लागिएको कार्यक्रममा बताएका छन् ।   

विद्युतीय सवारी चार्जका लागि बिशेष रात्रिकालिन समयलाई व्यवस्था गर्न लागिएको घिसिङले जानकारी गराएका छन् । विद्युतीय चार्जिङ पोईन्ट वा चार्जिङ स्टेसन जोकोहीले पनि राख्न सक्ने तर बिद्धुत प्राधिकरणले लिएको महसुलको अधिकतम २० प्रतिशत सम्म उपभोक्ताहरुसँग लिन पाउने प्राधिकरणले बताएको छ । यसले पेट्रोलियम सवारी साधन भन्दा ८० प्रतिशत खर्च सम्म कम आउने प्राधिकरणले जनाएको छ । 

कति विद्युत खपत गर्दा कति शुल्क तिर्नुपर्छ ? 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *