सलाम एयरले काठमाडौँ–ओमान उडान हप्ताको सातै दिन गर्ने

भदौ २३ काठमाडौँ । सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्यलाई सघाउन सलाम एयरले काठमाडौँ–ओमानको उडान तीन दिनबाट बढाएर सातै दिन गर्ने भएको छ ।   

सलाम एयरको नेपाल जीएसएआइएमई ट्रभलले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यसअघि हप्ताको ३ दिन उडान भर्दै आएकोमा अब सातै दिन उडान गर्ने जानकारी दिएको हो ।   

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले सलाम एयरको यो  निर्णयले ‘पर्यटन वर्ष २०२०’ लाई सफल बनाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।   

नेपालमा आउने पर्यटकहरूको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयर लाइन्स कम्पनीहरूको व्यापार–व्यवसाय प्रवद्र्घनमा थप योगदान पुग्ने उल्लेख गरे ।   

कार्यक्रमलाई सम्बोधनगर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्वलगायत विश्वमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई थप सेवाउ पलब्धहुने विश्वास व्यक्त गरे । उनले  विदेशी पर्यटक भित्र्याउनसमेत महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख बताए । ् 

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख पर्यटकलाई सेवादिने कम्पनीले लक्ष्यलिएको बताए ।   

सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीनअल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्त्वपूर्ण पर्यटकीय गन्तब्य मुलुक भएको कुरालाई ध्यान दिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाई सेवा विस्तार गरिएको जानकारी दिए ।   

सलाम एयरका हेड अफ सेल्स मोहम्मदअल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनीय व्यवसायिक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न सहज हुने उल्लेख गरे ।   

कार्यक्रममा पर्यटन सचिव केदारबहादुर अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्गलगायतका विशिष्ट व्यक्तित्वहरूले आ–आफ्नो धारणा राखेका थिए ।   

कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, वोपन वे, प्रयास, रसिता र सी लिंकगरि कुलदश ९१०० ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानित गरिएको थियो । 

नेपालको पर्यटन प्रवद्र्घनमा सवैलाई प्रोत्सान मिलोस् भन्ने मुख्य उद्देश्यका साथ सलाम एयरले आफ्नो काठमाडौँ उडानको एक वर्ष पुग्नै लागेको अवसर पारेर दशट्राभल एजेन्सीहरुलाई सम्मानित गरिएको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिए ।   

ओमानको पहिलो बजेट क्यारिअरका रुपमा सन् २०१६ मा स्थापित सलाम एयरलाइन्स ओमान मै ए ३२० एनईओ भित्र्याउने पहिलो हवाई सेवाप्रदायकका रुपमा रहेको छ । सलाम एयरले यसै वर्ष ६ वटा थप र २०२० सम्ममा २० वटा जहाज पु¥याउने लक्ष्यलिएको छ । हालसम्ममा २० वटा गन्तब्य रहेको यस एयरलाइन्सले निकट भविष्यमा नै आफ्ना थप गन्तब्यको घोषणा समेत गर्दैछ । 

ओमानको राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने हेतुले आर्थिक अभिवृद्धि, रोजगारी सृजना र पर्यटन विकासका लागि आफूलाई सेतुको रुपमा उभ्याउन सफलभएको छ । विभिन्न देशमा जीएसएमार्फत आफ्नो सेवालाई विस्तार गर्दै आएको सलाम एयरले नेपालमा आईएमई ग्रुपद्वारा प्रवर्दित आईएमई ट्राभल्सलाई जीएसए तोकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *