मेदान्त अस्पतालका वरिष्ठ मुटु रोग र न्यूरो सर्जन विराट मेडिकल कलेज टिचिङ हस्पिटलको स्वास्थ्य शिविरमा

असोज १०, विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल टङकीसिनवारीमा मुटू रोग तथा नसा सम्बन्धी दुई दिने विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ । विहिबारबाट सुरु भएको उक्त शिविरमा भारतस्थित मेदान्त अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रोहित गोयल, वरिष्ठ न्युरो सर्जन डा. रतन दिप बोसले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका छन् ।  

मुटु रोग तथा रक्तचाप सम्बन्धी परीक्षण तथा परामर्श वरिष्ठ मुटु रोग विषेशज्ञ रोहित गोयलले गरेका थिए भने, न्युरो तथा ढाड सम्बन्धि स्वास्थ्य परीक्षण तथा परामर्श बरिष्ठ न्युरो सर्जन डा. रतन दिप बोसले गरेका थिए । 

पछिल्लो समय हामीले जिउने जीवनशैली र खानपिनमा   सजकता नअपनाउँदा कारण मोटोपन, क्लोस्ट्रोल, उच्च रक्तचाप र मुटुसम्बन्धी रोगहरुबाट ग्रसित हुनुपरेको बरिष्ठ मुटु रोग विषेशज्ञ डा. रोहित गोयल बताउँछन् । सुर्ती, चुरोट, हुक्काको अम्मली हुनु र शारिरीक व्यायाममा नगर्दा रक्तचाप बढ्ने साथै मुटु रोग सम्बन्धि रोग लाग्ने डा. गोयलको भनाई छ । ‘दैनिक जीउने जीवनशैली बदले खानपिनमा ध्यान दिए यस्ता रोगहरुबाट बच्न सकिन्छ ।’ डा. गोयलले भने ।–‘अझै पनि धेरै मानिसमा स्वास्थ्य सचेतनाको कमी छ ।’   

कुनै निश्चित उमेर भएपछि आहारब्यहारमा विशेष ध्यान दिनुपर्ने डा. रतन दिप बोसको सल्लाह छ । उनले कतिपय मानिसमा कसरी स्वास्थ्यको ख्याल राख्ने भन्ने ज्ञान नहुँदा विभिन्न रोगको शिकार हुनुपरेको छ । ‘अहिले ढाड, नसा सम्बन्धी समस्या धेरै युवाहरुमा छ । मोटरबाईकमा धेरै सवार गर्ने, कुर्सीमा एकोहोरो धेरै बेर बस्ने, गलत तरीकाले सुत्ने गर्दा पनि ढाढ र नशाको रोग लाग्छ ।’ उनी भन्छन् । यसका साथै क्यालसीयमको कमीले पनि यस्ता रोगले सताउने गरेको डा. बोसको भनाई छ । 

अस्पताल परिसरमा विषेश शिविर सञ्चालनमा ल्याउँदा बिरामी तथा आमजनताले सहज तरिकाले स्वास्थ्य परीक्षण र उपचार पाएका थिए । स्वास्थ्य शिविर अत्यन्तै लाभदायक भएको स्वास्थ्य शिविरमा जाँच गराउन आएका बासँबारीका ६८ वर्षिया तिलक के. सीले बताए । विगतमा हस्पिटलले सञ्चालनमा ल्याएको शिविरमा स्वास्थ्य परीक्षण र परामर्शबाट आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनको तर्क छ ।   

असोज ९ र १० गते सञ्चालनमा आएको उक्त शिविरमा करिब ६० भन्दा बढीले स्वास्थ्य परीक्षण तथा दक्ष चिकित्सकबाट परामर्श लिएका छन् । मेदान्त अस्पताल एसियाको उत्कृष्ट अस्पताल रहेको छ । मेदान्तमा आर्थिक रुपमा कमजोर उपचारका लागि जान नसक्ने सर्वसाधारणलाई नेपालको विराटनगरमै विज्ञ चिकित्सकहरुद्धारा सेवा प्रदान गर्न विषेश शिविर आयोजना गरिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका कोओडिनेटर सुनिल देवले बताए । हस्पिटलले दशैं पछी विज्ञ चिकित्सकद्धारा प्लास्टिक सर्जरी, हातजोर्नीको स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने योजना बनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *