डेंगुको त्रास जताततैः विराटनगर महानगरपालिकाले थाल्यो डेंगु नियन्त्रण अभियान

भदौ २८, बिराटनग । पछिल्लो समय डेंगुको संक्रमणले भयावह रुप लिइरहेको बेला विराटनगर महानगरपालिकाले शनिबार (आज)देखि डेंगु नियन्त्रण अभियान सुरु गरेको छ । केही समय अगाडि डेंगु नियन्त्रण अभियान सञ्चालन गरेको भए पनि बिचमा रोकिएकाले महानगरले पुनः डेंगु नियन्त्रण आभियान सञ्चालन गरेको हो ।   

डेंगुकै काराण बिराटनगरमा बुधबार बिहान उपचारको क्रममा शिक्षादिप कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिनास शर्माको मृत्यु भएको थियो ।   

विराटनगरमा  डेंगुबाट ज्यान गुमाएका शर्माप्रति महानगरले दुःख व्यक्त गर्दै शनिबारबाट नै बिराटनगरमा डेंगुु नियन्त्रण अभियान थाल्ने नगर प्रमुख भीम पराजुलीले बताए । देशभरी नै डेंगुको संक्रमण रहेको कारण यो महामारिलाई नियन्त्रण गर्नका निमित्त संघीय सरकार, नेपाल सरकार र बिराटनगर महानगरपालिका सहकार्य गर्न चाहेको नगर प्रमुख पराजुलीको भनाई छ ।   

आफूहरुले यसअघि डेंगु नियन्त्रणका लागि महानगरसँग मिलेर अभियान चलाए पनि खासै प्रभावकारी नभएको तर अब प्रभावकारी रुपमा अभियान चलाउने तयारीमा रहेको संयुक्त टोल नगर समन्यव समिति विराटनगरका संयोजक राजेस मास्कोको भनाई छ ।   

अर्का युवा अभियन्ता बसन्त अधिकारी भन्छन्, ‘डेंगु रोग पछिल्लो समय महामारीको रुपमा फैलिँदै गएकाले यसलाई सम्बन्धित सबै पक्ष बेलैमा सचेत हुनुपर्छ ।’ 

धरानमा डेंगुको संक्रमण देखिए लगत्तै विराटनगरमा पनि फैलन सक्ने भन्दै महानगरले ३/४ पटक ठाँउठाउँमा गएर तत्काल डेंगु नियान्त्रण गर्न विशेषज्ञहरुको साथमा अभियान नै चलाएको थियो तर त्यो समय विराटनगरमा डेंगु संक्रमण छैन भने पश्चात केही समयका लागि डेंगु नियन्त्रण अभियन रोकिएको थियो ।   

सुनसरीबाट सुरु भएको डेंगु हाल आएर ४२ जिल्लामा फैलिइ सकेको छ । धरानमा गत वैसाख ३० गते देखा परेको डेँगुको संक्रमण देश भर नै फैलिन सक्ने भन्दै सजगता अपानाउन सम्बद्ध निकायले सबैमा अनुरोध गर्दै आएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *