दाजुलाई खुकरी प्रहार गरी भाईले किन गरे आत्महत्या ?

असोज ६, फिक्कल । आइतबार इलाममा एक भाईले दाजुलाई खुकुरी प्रहार गरी घाइते बनाई रुखमा झुण्डिएर आफूले  आत्महत्या गरेका छन् ।   

इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरि घाइते बनाई आफूले रुखमा झुण्डिए आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बिष्णुको  इलाममा उपचार सम्भव नभएपछी उनलाई  झापा लगिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिएका छन् ।   

Image result for दाजुलाई खुकुरी प्रहार गरी भाइले गरे आत्महत्या

घाइते विष्णुको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार आफ्नै घर नजिक घाँस काटिरहेका बिष्णुलाई उनको भाई बुद्धवीरले एक्कासि खुकुरी प्रहार गरेको हो ।   

दाईलाई खुकुरी प्रहार गरी फरार भएका उनलाई  खोज तलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३०० मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।   

  

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *