एनआईसी एशिया बैंकका ग्राहकले सेल्सबेरी तथा सेलवेजमा क्यु आर पेमेन्ट गर्दा छुट पाउने

असोज ७, काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकका ग्राहकले सेल्सबेरी तथा सेलवेजमा क्यु आर पेमेन्ट गर्दा छुट पाउने सम्झौता भएको छ ।   

एनआईसी एशिया बैंक र सेलवेज क्यास एण्ड क्यारी प्रालि अन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच एनआईसी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी त्तच् मार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सयसम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।   

उक्त सम्झौताअनुसार सेल्सबेरी तथा सेलवेज डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्दा एनआईसी एशिया बैंकको मोबाइल बैंक एपको त्तच् मार्फत् भुक्तानी गर्दा १५ प्रतिशत रकम वा अधिकतम ५ सयसम्म छुट प्राप्त गर्न सक्नेछन् ।   

यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ ।   

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र सेलवेज क्यास एण्ड क्यारी प्रालिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गज्यूले हस्ताक्षर गरे । 

आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुने यो योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ । 

बैंकले हाल मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।   

करिब १८ लाख ग्राहक रहेको एनआइसी बैंकले वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *