यी चिजको प्रयोगले लामो समय सम्म सुन्दर र जवान बन्नुस्

भाद्र २६ ।  के तपाईँ लामो समयसम्म पनि सुन्दर र जवान देखिन चाहनुहुन्छ? यदि वास्तवमै चाहनुहुन्छ भने खाने गर्नुहोस् यी चिजहरू जसले तपाईँको जवानी र सौन्दर्यतालाई लामो समयसम्म पनि कायमै राख्न मदत गर्छ l 

अमिलो फलफुल 

अमला, कागती, सुन्तला लगायतका अमिलो फलफुलको सेवन गर्नाले छालालाई स्वस्थ तथा सुन्दर बनाउनका साथ साथै यसले छाला कोमल, नरम तथा चम्किलो तथा सफासमेत हुने गर्छ । 

Related image

गोलभेँडा 

भिटामिन ‘ए’ र ‘सी’ले भरिपूर्ण टमाटरमा पर्याप्त मात्रामा पोटासियम हुन्छ । यसमा पाइने लाइकोपीन नामक तत्वले एन्टीअक्सिडेन्टको काम गर्छ । टमाटरको प्रयोगले छालालाई सर्न वर्न हुनबाट समेत जोगाउँछ । 

ओख्खर/आलस 

ओख्खर तथा आलसमा पर्याप्त मात्रामा ओमेगा-३ फ्याटी एसिड पाइन्छ । जसले छाला, कपाल तथा हड्डीलाई पोषण प्रदान गर्नका साथै छाला सम्बन्धी समस्याहरूबाट पनि बचाउने गर्छ l 

ग्रीन टी 

यदि तपाईँ आफ्नो सौन्दर्यता कायम नै राख्न चाहनुहुन्छ भने ग्रीन टीको सेवन गर्नुहोस् l जसमा भरपूर मात्रामा पोलीफेनोल एन्टीअक्सिडेन्ट नामक तत्त्व पाइन्छ l जसले गर्दा छाला चाउरी पर्नबाट जोगाउँदछ । 

लसुन 

दिनमा एक/ दुई पोटी लसुन खाली पेटमा सेवन गर्नाले चाउरीपना हुनबाट रोक्नुका साथै छालामा नयाँ कोषिका उत्पादन गर्ने तथा विषाक्तताबाट छालालाई जोगाउने गर्छ l 

उमारिएको गहुँ 

दिनमा दुईदेखि तीन चम्चा उमारेर तयार पारिएको गहुँको टुसालाई खानामा समावेश गर्नाले डण्डीफोर, एक्ने लगायतका छाला सम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका साथै छालालाई पनि सुन्दर बनाउन सकिन्छ । 

दही 

यदि तपाईँ आफू सुन्दरतालाई कायम राख्न चाहनुहुन्छ भने नियमित रूपमा दहीको प्रयोग गर्नुहोस् l जसले गर्दा छाला चम्किलो हुनका साथै नरम पनि हुन्छ l 

गाजर/चुकन्दर 

गाजर तथा चुकन्दर महत्त्वपूर्ण भिटामिन तथा खनिज पदार्थले भरिपूर्ण हुन्छ । यिनले एन्टी एजिङ्ग हुनबाट रोक्नुका साथै छालाको बाहिरी सतहलाई स्वस्थ राख्न मद्दत गर्छ । दुई साता लगातार गाजर वा चुकन्दरको रस नियमित सेवन गर्नाले छालामा नसोचेको परिवर्तन देखा पर्छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *