गणेश चतुर्थी नजिकिदैँ जाँदा तराईका हाटहरुमा माटाका भाँडाको बिक्री बितरण बढ्यो

  

भाद्र १५, धरान ।  तराई मधेश क्षेत्रमा भाद्र महिनाको चतुर्थी तिथीमा मनाइने गणेश चतुर्थी अर्थात चन्द्र दर्शन–चौरचनका लागी चाहिने माटाका भाँडाकुडाको बिक्री बजारमा ह्वातै बढेको छ।   

मधेशी समुदायको लोकप्रिय चाडको रुपमा रहेको चौरचनको बेला अरु समयमा कम बिक्री हुने माटाका भाडाकुडाका सामग्री चाडवाड नजिकिदैँ जाँदा बजारमा काँचो माटोबाट बनाइएको भाँडाकुडाको माग बढेको हो ।   

Image result for माटाका भाँडाको बिक्री बितरण

चौरचनमा चाहिने माटाका भाँडा कलश, दियो, लदियँ, गाग्रो, छ्याची, लावन, दीप, दही जमाउने भाँडा र ढकना सहितको बिक्री बजारमा बढेको कुम्हार समुदायका अगुवा ज्ञानदेव पण्डितले जानकारी दिए । 

मैथिल परम्परा अनुसार चौरचन पर्वमा नयाँ माटाका भाँडा प्रयोग गरिने भएकाले यतिबेला बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको कुम्हार समुदायका अगुवा पण्डितले बताए । अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा यतीबेला मिथिला परम्परामा अनिवार्य भएकोले माटाका भाँडाको बिक्री बढेको ब्यापारीहरुको भनाई छ । 

तराईका मुख्य व्यापारिक बजारहरुको हाट, बजारमा दिनहुँ जसो माटाका भाँडा बिक्री हुँदै आएको छ। वैदिक, धार्मिक र सांस्कृतिक पर्व र उत्सवमा आवश्यक पर्ने भाँडा माटोकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसंगै माटाका भाँडा बनाउने कुम्हालेको व्यस्तता पनि निकै बढेको छ।   

मिथिला क्षेत्रमा माटाका नयाँ भाँडो नयाँ कार्य गर्न उत्तम हुने धार्मिक, मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको सर्वसाधारणको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *