चोरीको नयाँ काईदा, दिल्लीबाट राजधानी भित्रन्छन चोरीका मोवाईल

असाेज ५, काठमाण्डौ ।  असोज भारतमा चोरी भएका  मोवाईल राजधानी भित्रिने गरेको नयाँ तथ्य फेला परेको छ । चोरहरुको गिरोहले भारतका विभिन्न स्थानमा चोरी गरि नेपालमा बिक्री वितरण गर्ने गरेको तथ्य फेला परेको हो । 

महानगरीय प्रहरी प्रभाग बलम्वुले भारतको दिल्लीवाट राजधानी आउदै गरेको डि.एल.१२ सि.ए.१४५८ नम्वरको सेतो महेन्द्रा गाडीमा मोवाईल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।   

महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख एस.एसपी उत्तम राज सुवेदीकाले भारतवाट आउने अबैध साम्रागी नियन्त्रण गर्न रणनिति बमोजिम सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए  ।परिसर काठमाण्डौंका प्रमुख सुवेदीले मोवाईल सहित भारत दिल्ली लक्ष्मीनगरका वर्ष ३३को दिपक महाजन र दिल्ली शास्त्रि पार्कका बर्ष ३६ का मोहम्द चाँदलाई पक्राउ गरिएको बताए । 

काठमाण्डौ प्रहरी प्रमुख सुवेदीले भने,‘‘ दशै तिहार छर्ठ लगायत चाडपर्वमा हुने चोरी पैठारी नियन्त्रण तथा पट्का लगायत संवेदशिल बस्तुहरु भित्रने हुँदा नागढुंगा लगायत मुख्य नाकामा कडाई गरेका छौं ।” 

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले चेकजाँचको क्रममा विभिन्न कम्पनीका विभिन्न व्राण्डका ५५ थान मोवाईल सहित दुई जनालाई पक्राउ गरेको बताए । पक्राउ गरिएका मोवाईल मध्य आईफोन, स्यामसुङ, एमआई, कुलप्याड लगातका मोवाईल रहेका छन् ।  

प्रहरी निरिक्षक खड्काका अनुसार चोरी भएको मोवाईल १० लाख बराबर रहेको बताए । पक्राउ परेको दुईजनालाई गाडी र मोवाईल सहित राजस्व अनुसन्धान पठाईएको बलम्वु प्रहरी जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *