विगतको समस्या भविष्यमा नदेखिने गरी समाधान गरौँ: मन्त्री यादव

भाद्र २३, धरान ।  उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्रि उपेन्द्र यादवले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा देखिएको समस्या भविष्यमा नदेखिने गरी सरकारले समाधान चाहेको बताएका छन् । 

वीपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा वीपी प्रतिष्ठानको २६ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्रि यादवले प्रतिष्ठानमा विगतमा देखिएका समस्या अब नदेखिने गरी समाधान तर्फ सरकार जाने बताए । मन्त्रि यादवले प्रतिष्ठानको समस्या समाधान गर्न सरकारले प्रक्रिया पनि अघि बढाइसकेको जानकारी गराए । 

‘विगतको समस्या भविष्यमा नदेखिने गरी समाधान गरौँ, सरकार समाधान चाहन्छ, र यसको लागि प्रक्रिया पनि अघि बढीसकेको छ ।’ मन्त्रि यादवले बताए । 

प्रतिष्ठान सञ्चालनमा जटिल समस्या देखा परेको भन्दै मन्त्रि यादवले सबै मिलेर नै समाधान गर्नुपर्ने बताएका छन  । प्रतिष्ठानलाई सुधार गर्न राम्रो समझदारी र सहकार्य आवश्यक भएको पनि उनकाे भनाइ छ ।   

सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा अस्पताल र प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ट्रसरी अस्पताल बनाउने पनि बताए ।  त्यस्तै मन्त्री यादवले प्रतिष्ठानलाई छुट्टै विश्व विद्यालय बनाउने तयारी भएको पनि बताए  । उनले पछिल्लो सयम देशभरी फैलिएको डेगुं नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउँदै सरकारले त्यसका लागि अभियान चलाएको पनि जानकारी गराएका छन् । 

सोही कार्यक्रममा प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले प्रतिष्ठानको अवस्थाबारे संघीय सरकारको ध्यानाकर्षण गराउँदै समाधानको लागि गम्भीर हुन आग्रह गरेका थिए। उनले स्वास्थ्य उपचार सेवा, शिक्षण गुणस्तरीय बनाउन तर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।   

कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले प्रतिष्ठानमा लामो समयदेखि रोकिएको कार्डियोलोजी भवन, मातृ शिशु भवन निर्माण कार्यलाई सुचारु गर्न मन्त्रालयको ध्यानाकर्षण गराए । उनले प्रतिष्ठानमा हालसम्म भएको प्रगति विवरण सुनाएका थिए ।  

कार्यक्रममा प्रदेश १ का प्रमुख गोविन्द तुम्बापो, प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, अमेरिकास्थित बासिङटन डिसी युनिभर्सिटीका प्रा.डा. रामानन्द लक्ष्मी नारायण लगायतले सम्बोधन गरेका थिए । उक्त अवसरमा प्रतिष्ठानको अर्थोपोडिक अपरेशन थिएटरकोसमेत उद्घाटन गरिएको थियाे । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *