काठमाडौँमा अवैध भारतीय रकम सहित २ पक्राउ

असोज ७, काठमाडौँ । प्रहरीले सोमबार काठमाडौँमा अवैध भारतीय रकम सहित २ युवालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नम्बर १४ बल्खुबाट अवैध भारतीय रकम सहित भक्तपुर बस्ने भारत बेतियाका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दासलाइ पक्राउ गरेको हो ।   

प्रहरीका अनुसार बीरगंज देखी काठमाडौं काठमाडौँ आउँदै गरेको  बा १ ज ७४९१ नम्बरको टाटा सुमोमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा  नियन्त्रणमा लिईएको हो ।   

Related image

प्रमेन्द्रको साथबाट  ५ सय दरका २ सय थान र हर्मेन्द्रको साथमा ५ सय दरको १ सय थान भारु रकम गरी जम्मा  १ लाख ५० हजार उनीहरुको साथबाट फेला पारिएको प्रहरीले जानकारी दिएका छन् ।   

पक्राउ परेका उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *