गाईको घ्यूबाट यसरी आफ्नो तौल घटाउनु हाेस्

भाद्र २० ।  तौल कम गर्ने सोचमा भएका धेरैले घ्यू खाँदैनन् तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने घ्यूले मोटाइँदैन । वास्तवमा घ्यू विभिन्न गुणले भरिपूर्ण  हुन्छ । घ्यूले खाना पचाउन, घाउ भर्न, एलर्जीलाई टाढा राख्न, हड्डीलाई बलियो बनाउन निकै सहयोग गर्छ । यी फाइदाका साथै गाईको घ्यूले तौल घटाउन पनि सहयोग गर्छ । दिनमा दुई/तीन चम्चा घ्यू खानु स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । 

तौल घटाउनका लागि घ्यूः 

घ्यू डिएचएले भरपुर हुन्छ । यसका साथै यसमा फ्याट, एन्टिफंगल, एन्टीअक्सिडेन्ट र एन्टिब्याक्टेरियल प्रोपर्टिज पनि हुन्छ जुन आँखाका लागि राम्रो हुन्छ । साथै, घ्यूले आँखाको ज्योति, प्रतिरक्षा प्रणाली र पाचनक्रियालाई उत्कृष्ट बनाउँछ । जसको पाचन राम्रो हुन्छ, उनीहरु आफ्नो तौल कम गर्ने आफ्नो उद्देश्य चाँडै नै पूरा गर्न सक्छन् । 

Image result for गाईको घ्यू

घ्यूका फाइदाः 

यसका साथै, घ्यूमा भिटामिन पनि हुन्छ जसले हड्डीलाई बलियो बनाउँछ । फ्याटी एसिडका कारण यो चाँडै नै सजिलै पच्छ पनि । जैतुन र नरिवलको तेलमा झैं घ्यूमा पनि हेल्दी फ्याट हुन्छ जसले तपाईंलाई खराब फ्याट भगाउन र तौल कम गर्न सहयोग गर्छ । भारतकी सेलिब्रिटी न्यूटिशनिस्ट रुजुता द्विेकर भन्छिन्, ‘घ्यूमा एमिनो एसिड हुन्छ जसले जमेको बोसोलाई पगालेर फ्याट सेल्सको साइज पहिलाको झैं बनाउन मद्दत गर्छ ।’ यदि तपाईंलाई आफ्नो शरिरमा चाँडै नै बोसो जम्मा हुन्छ भन्ने लाग्छ भने आफ्नो खानामा घ्यू पक्कै पनि समावेश गर्नुहोस् । 

कार्बस्भन्दा राम्रो गाईको घ्यूः 

हामीले आफ्नो डाइटमा जुन कार्ब्स खान्छौं त्यसको तुलनामा ऊर्जाको राम्रो स्रोत घ्यू हो । घ्यूमा मिडियम–चेन–फ्याटी एसिड हुन्छ जसलाई कलेजोले प्रत्यक्ष सोस्ने गर्छ र चाँडै नै बर्न पनि हुन्छ । घ्यू बटरिक एसिडले भरपुर हुन्छ जसका विभिन्न फाइदा छन् । हाम्रो शरिरले फाइबरलाई बटरिक एसिडमा परिवर्तन गर्ने काम गर्छ । यस्तोमा यदि तपाईं आफ्नो डाइटमा घ्यू समावेश गर्नुहुन्छ भने शरिरको काम सजिलो हुन्छ । घ्यूमा भएको बटरिक एसिडले फाइबरलाई ऊर्जामा परिवर्तन गर्छ जसले आन्द्रा बलियो हुन्छ । 

गाईको घ्यूले पाचन क्रियालाई उत्कृष्ट बनाउँछः 

बटरिक एसिडले पाचन तन्त्रको मर्मत गरेर त्यसलाई स्वस्थ राख्छ । घ्यूमा यस्ता तत्व हुन्छन् जसले शरिरमा ब्याड कोलेस्ट्रोललाई नियन्त्रणमा राखेर गुड कोलेस्ट्रोल बढाउने काम गर्छ । घ्यूले जोर्नीमा भएका तरल पदार्थलाई कम हुन दिँदैन । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 10 =