दशैँ र तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै रहने

असोज १३, काठमाडौँ । हिन्दुहरुको महान चाड दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरु खुल्लै रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक प्रेश विज्ञप्ती जारी गर्दै सबै स्थनीय तहहरुलाई स्वास्थ्य संस्थालाई दशै र तिहारमा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
विज्ञप्तीमा दशैं र तिहारको सार्वजनिक विदामा पनि स्वास्थ्य सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न भनिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्य सेवा यथावत् राख्न आग्रह गरिएको छ ।
यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा निरन्तर जारी राख्न आग्रह गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका थिए । संविधानको प्रावधानअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय निकायले गर्दछन् ।
null
दशैंमा सेवा प्रभावित नहुनेगरी स्वास्थ्यकर्मीको बिदाको व्यवस्थापन गर्ने, हाल भइरहेको डेङ्गु महामारीका रोकथाम तथा उपचार सेवा प्रभावित हुन नदिन विशेष व्यवस्था गर्ने, सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापन गर्न तयारी रहने, रक्तसञ्चार अभाव हुन नदिन ध्यान दिने र सेवामा रहेका स्वास्थ्यकर्मीका सम्पर्क नम्बर आकस्मिक कक्षमा राखिने छन् ।










