पसलको सटर फोडेर चोरीको प्रयास, प्रहरीको गोलीबाट एक चोर घाइते

असोज ९, जनकपुरधाम । जनकपुरधाममा बिहिबार बिहान  करिब ३ बजेको समयमा एउटा पसल फोडेर चोरी गर्ने क्रममा चार जना चोरहरु पक्राउ परेको छ ।   

पसल फोडेर चोरी गर्ने क्रममा दुईजना भारतीय र दुईजना नेपाली नागरिक सहित चार जना पक्राउ   परेकाे धनुषाका प्रहरीले जनाएको छ ।   

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले  एउटा कटुवा पेस्तोल र तीन राउण्ड गोली समेत फेला पारेको छ ।   

प्रहरीका अनुसार पक्राउ गर्न खोज्दा उनीहरु भाग्न खोजेपछी प्रहरीले तीन राउण्ड गोली समेत चलाउनु परेको थियो । फाईरिङको क्रममा एउटा चोरको खुट्टामा गोली समेत लागेको  धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।   

हाल पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *