सिटिजन्स बैंकका अध्यक्ष भण्डारीको सपथ ग्रहण

असोज १३, काठमाडौँ । सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रम आइतबार अध्यक्षको नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पद तथागोपनियताको सपथ ग्रहण गराएका हुन्।   

बैंकको स्थापना कालदेखि पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सफलकार्यकाल पूरा गरिसकेका भण्डारीले आगामी ४ वर्षको कार्यकालका लागि आइतबारदेखि नै पदभार समेत ग्रहण गरिसकेका छन् ।   

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५.७६ मा  ७४ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ ।   

null

यस बैंकले सोही अवधिभित्र १ अर्ब ४६ करोड खुदमुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागतकार्यहरु अगाडि बढिरहेको जनाएको छ ।   

बैंकले निकट भविष्यमा सातै प्रदेशमाथप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।   

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *