लागूऔषधमा फसेका एक युवा यसरी भए राष्ट्रिय च्याम्पियन

असाेज ७, धरान ।  धरानका एक युवाले ४ महिना मात्रै अभ्यास गरेको  शाररिक सुगठनमा अब्बल भएर निस्केका छन ।   

धरान–१६ का एक युवा च्याम्पियन बनेपछि अहिले उनको सर्वत्र चर्चासंगै चासोको विषय बनेको छ । उनको  चर्चाको बिषय अरु केही नभएर केबल उनको मेहनत तथा छोटो समयमा नै गरेको प्रगती नै हो ।   

लामो सयम लागूपदार्थ दुर्व्यसनमा फसेका धरान १६ का युवा खेलाडी अवतार श्रेष्ठले भर्खरै बीरगञ्जमा सम्पन्न ‘ओपन रेन्बो क्लासिक राष्ट्रिय बडी विल्डिङ च्याम्पिनसीप’ को मेन्स फिजिक्समा बिजेता बनेपछि उनीमाथी युवाको चासो र उनको चर्चा समेत चुलिएको हो ।   

गत असोज ३ र ४ गते बीरगञ्जमा च्याम्पियनसीपको आयोजना भएको थियो । देशभरका १३ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी च्याम्पियन बनेका हुन् । उनले उपाधिसँगै ५१ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल पाए । प्रतियोगितामा धरानसगै बीरगञ्ज, झापा, काठमाडौं, नेपालगञ्ज, चितवन, बुटवल लगायतका प्रतिस्पर्धी सहभागी भएका थिए ।   

सोमबार धरान ७ स्थित होटल सन्ध्या ईनमा  पत्रकार सम्मेलन मार्फत् उनी सम्मानित भएका हुन् । उनीसँगै उनका प्रशिक्षक पूर्ण लिम्बूलाई पनि सम्मान गरिएको थियो ।   

संजिवनी सुधार केन्द्र जहाँ कुलतमा लागेका ब्यक्तिहरुको सुधारका लागी राखिएको जमात हुन्छ त्यही जमातबाट एउटा यस्तो प्रतिभा निस्के की उनले सारा राष्ट्रलाई जीते । कुलतमा फसेका युवाले केही गर्दैनन् भन्दै हेलाहोचो गर्ने अहिलेको हाम्रो समाज नकारात्मक सोच राख्ने मानसिकताबाट  मुक्त हुन सकिरहेको छैन । त्यसका बाबजुत पनि युवा खेलाडी श्रेष्ठले यो सबै कुराका प्रभा नगरी उनी खेल जीवनलाई अगाडी बढाउने निर्णय लिँदा आज उनले यो प्रगती गरेका हुन ।   

पत्रकार सम्मेलनमै अवतारले कुलतका कारण आफनो करियर नै खत्तम भईसकेको थियो आफु  प्लस टु सकेर ब्याचलर पढ्न थालेसम्म उनी कुलतैमै लागेको बताएका  थिए ।   

१३ वर्षको उमेरदेखि कुलतमा फसेका उनी अन्य युवामाझ अहिले उदाहरणीय बनेका छन् । अहिले उनी ३३ वर्षका भइसके । उनले सुधार केन्द्रमा पुगेर तीन महिनामै च्याम्पियन बन्दा अहिले प्रशिक्षक लगायत धराने युवा पनि खुशी छन् ।   

श्रेष्ठले भने ‘समयमै आफूलाई यस क्षेत्रतर्फ आकर्षित गरेर फेरि सामान्य जीवनतिर फर्काउनु भएको छ, उहाँहरूलाई विशेष धन्यवाद ‘  

लागूऔषधको लत छुटाउन जति गाह्रो हुन्छ त्यति नै चुनौतीपूर्ण हुन्छ नशामुक्त जीवन बिताइरहन चाहे  सकिन्छ । त्यसैले अवतार लागुऔषध मुक्त जीवन बिताउन दैनिक समय तालिका नै बनाएर अघि बढिरहेको सुनाए । उनले लागूऔषधको लतमा किशोरकिशोरीलाई फस्न नदिन परिवारका बुवाआमाको भूमिका महत्वपूर्ण हुने उनले बताए ।   

धरान–१३ स्थित रहेको संजिवनी सुधार केन्द्रले उनीहरूलाई राखेको सम्मान कार्यक्रममा बडी विल्डिङ सुनसरी धरानका उपाध्यक्ष कविरभगत प्रधानाङ्ग, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफले, लेखक तथा अग्रज पत्रकार जनकऋषि राईले पनि शुभकामना दिएका थिए । 

हाल केन्द्रले अहिले सयौं कुलतमा फसेका युवालाई छुटाइसकेको छ । उपचारमा आउने युवाहरुलाई उपचारसँगै प्रोत्साहनका लागि विभिन्न खेल क्षेत्र साथै विभिन्न सामाजिक कार्यमा अग्रसर पनि गराउँदै आएको प्रशिक्षक पूर्ण लिम्बू बताएका  छन् । 

केन्द्रमा हाल ४० जना कुलतमा फसेका युवा छन् भने ६–७ जना खेल क्षेत्रमा रुचि राख्ने रहेको केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी दिएका छन । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *