जग्गा तथा भौतिक संरचना क्षति भएको भन्दै रंगेलीवासीहरु आक्रोसित

भाद्र, २४  बिराटनगर।  रंगेली नगरपालिकामा सडक विस्तार गर्दा जग्गा तथा भौतिक संरचना क्षति भएको भन्दै रंगेलीवासीहरु आक्रोसित भएकाछन् ।  विना मुआब्जा भौतिक संरचना ध्वस्त पार्न खोजिएको हो भन्ने   स्थानिय सरोकारवालाको गुनासो छ ।   

स्थानीय बसीको स्वीकृती बिना सडक विस्तार कार्य थाल्दा हुलाकी राजमार्ग अन्तर्गत पर्ने २ सय ५० घर विस्थापित हुने र २० परिवार पूर्ण रुपमा घरबारविहिन हुने भएकाले जग्गा र भौतिक संरचनाको मुआब्जा तथा क्षतिपूर्तिको माग रंगेलीवासीहरुले गरेका हुन् । भत्किएका भौतिक संरचनाहरुको क्षतिपूर्ति नदिए सम्म सडक विस्तार गर्न नदिने भनी नागरिक समाजले अडान लिएका छन् । नागरिक समाजका रामनारयाण मण्डलले स्थानीयवासी विकास विरोधी नभएको र विकासको नाममा स्थानीयलाई विस्थापित नगर्न आग्रह गरेका छन् । 

निजी सम्पति अधिकरण गर्दा मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने संविधानै उल्लेख भएकोले बलजफती भौतिक संरचना भत्काए प्रतिकार गर्न पछि नहटने उनले बताएकाछन् । पाँच पुस्ता देखि रंगेलीमा बसोबास गर्दै आएका  मंगलचन्द अग्रवाल भन्छन् जनतालाई नै विस्तापित गराउने विकासको कुनै अर्थ नरहेको कम्तीमा सरकारले मुआब्जा दिए पीडितहरुले अन्यत्र जग्गा किनेर बसोबास गर्ने बताउछन् ।   

null

विगतमा ६५ फिट जग्गा दिने सहमति भएको थियो । तर स्थानीयको भावनाविपरीत सरकारले १४० फिटको सडक बनाउने भएपछि स्थानीय आन्दोलित भएका हून । मेयर दिलीप बगडियाले समेत मुआब्जा दिलाउन पहल नगरेको  गुनासो स्थानियवासी माधव गौतमको छ ।     

आमतोलादेखि मधुवनी स्कुलसम्मको रंगेली ३,४,६,७ र ८ नम्बर वडाअन्तर्गत ४ दशमलव ९  किलोमिटरका दुई सय पचास घर प्रभावित पर्नेछन् । त्यस्मा १६५ विघा जमिन सडकमा जानेछन् । सडक विस्तारको क्रममा मुआब्जा र क्षतिपूर्ती नदिए र स्थानिय सरकारले माग सुनूवाई नगरे चरण बद्ध आन्दोलनमा जाने सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै माधव गौतमले चेतावनी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *