विद्यार्थीद्वारा नगरपालिका तोडफोड

असोज १०, रौतहट ।   शुक्रबार रौतहटको कटहरिया नगरपालिकामा  नगरपालिका अन्तर्गतका स्कुलका विद्यार्थीहरुले  तोडफोड गर्दा लाखौँको सामान नोक्सान भएको छ । 

यस नगरपालिकाले ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेपछी यस निर्णयको बिरुद्धमा उत्रेका विद्यार्थीहरुले नगरपालिका नै तोडफोट गरी लाखौँको सामान नोक्सान गरेका हुन् ।   

उक्त विद्यार्थीहरुले एक दर्जन कम्युटर, ल्यापटप र ५ भन्दा बढी कुर्सी तोडफोड गरेका थिए भने  कार्यालयमा भएको दराज, सिसिटिभी क्यामरा,  झयाल ढोका तोडफोड गर्नुको साथै नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर समेत फालिदिएको नगरपालिकाले जनाएको छ   

बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगर अन्तर्गत रहेको मावि भसेढवाका प्रधानाध्यापक राम मंगल प्रसाद यादव सहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।   

सो निर्णय प्रति असन्तुष्टी भएका  विद्यार्थीले एक स्थानबाट अर्को स्थानमा शिक्षकलाई सरुवा गरेको भन्दै आक्रोशित हुँदै नगरपालिकाको कार्यालयमा तोडफोड गरेको नगरपालिकाले जनाएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *