८५ वर्षीय बृद्धको भरणपोषण गर्ने जिम्मा सिजन गुरुङले लिए, भन्छन् –अभिभावक पाएँ

भदौ १८, इटहरी । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दल सुनसरीका अध्यक्ष एवं नेपाली कांग्रेसका महासमिति सदस्य सिजन गुरुङ्गले इटहरी–२० तरहरामा लामो समयदेखि साहाराबिहिन भएका एक बृद्धको भरणपोषणको जिम्मा लिएका छन् । 

राजनिती, व्यवसाय र समाजसेवामा संलग्न रहँदै आएका गुरुङ्गले विगत लामो समयदेखि एक्लो जीवन बिताइरहेका ८५ वर्षीय बिन्देश्वर शर्माको भरणपोषणको जिम्मा लिने घोषणा गरेका हुन् । उनले अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीसमेत उपलब्ध गराई उनी बसोबास गरिरहेको घरको मर्मत संभार कार्यसमेत शुरु गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गुरुङ्गले साहाराबिहिन बन्दै आएका शर्माको सेवा गर्ने सौभाग्य प्राप्त भई आफूलाई अभिभावक प्राप्त भएको अनुभूति भएको जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *