शारीरिक सम्पर्कपछी निद्रा आउनु सहि या गलत हाे जानाैं केहि कुरा

असाेज १३ ।  सेक्स पश्चात तपाईंको पार्टनर सुत्नु सामान्य हो वा अन्य कारण त्यसको बारेमा प्रायले सोच्ने गर्दैनौं । के यो सामान्य हो वा कहिले काही सेक्सको थकान २४ घन्टा सम्म रहिरहन्छ ? कतिपय महिला यो प्रश्नको उत्तर खोजि नै रहन्छन् । सेक्स पश्चात सुत्नु राम्रो हो वा गलत ? जानौं…    

पार्टनरको बारेमा गलत नसोचौं  

 कतिपय अवस्थामा यदि सेक्सपछि पुरुषले महिलालाई अंगालो मार्दैनन्, कुरा गर्दैनन् र यत्तिकै सुत्ने गर्छन् । यस अवस्थामा महिलाले आफ्नो पुरुष पार्टनरको बारेमा अनेक प्रकारका कुरा मनमा आउन थाल्छ, त्यसो सोच्नु हुँदैन । किनकी पुरुष र महिलाको शरीरले दिने प्रतिक्रिया फरक फरक हुन्छ ।  

Image result for couple sleeping

 महिलाभन्दा उल्टा प्रतिक्रिया दिन्छ पुरुषको शरीरले  

प्रायः जसो मानिसहरु सेक्स रातिको समय गर्ने गर्छन् । त्यो समय सम्म मानिस थाकि सकेको हुन्छ । सेक्स पश्चात सुत्नुको पहिलो कारण यहि नै हो । सेक्स रिल्याक्स गर्ने एक प्रक्रिया हो जस कारण यस्तो हुने गर्छ । त्यहि महिलाको शरीर पुरुषको ठिक विपरित प्रतिक्रिया दिन्छ । अर्गेज्मले उनलाई उत्तेजित बनाउँछ र उनलाई बढि माया गर्ने मन हुन थाल्छ ।   

हर्मोन हुन सक्छ कारण  

पुरुष अर्गेज्मको समय इज्याक्युलेट गर्छन् र त्यस क्रममा जुन हर्मोन निस्कन्छ त्यसले शरीरमा अल्छीपन उत्पन्न हुन्छ । त्यस बाहेक सेक्स गर्ने समय शरीर यसैपनि निकै थाकेको हुन्छ ।    

अक्सिजनको कमी 

 सेक्स गर्ने समय कतिपय मानिसको बानी हुन्छ आफ्नो श्वास रोक्ने । जसले गर्दा उनको शरीरमा अक्सिजनको कमी भएर जान्छ । जस कारण उनलाई आरामको आवश्यक्ता हुन्छ ।  

 कफि पिउनु राम्रो  

यदि तपाईं चाहनुहुन्छ की सेक्सपछि तुरुन्तै निद्रा नलागोस भने पार्टनरसँग कफि पिउनु राम्रो हुन्छ । यसले लामो समय सम्म तपाईंको निद्रा नहटेपनि  यसले उत्तेजना बढाउने काम गर्छ । कफिमा भएको  कैफीनले थकावट हटाउनमा मद्दत गर्छ ।  

अंगुर खानुस्  

मुडलाई रिफ्रेश गर्नका लागि सबैभन्दा राम्रो फल हो अंगुर । त्यसमा पनि फ्रिजबाट निकालिएको अंगुरको सेवन यौन सम्बन्धपछि खानाले तपाईंको मुडलाई तुरुन्तै रिफ्रेश गर्ने काम गर्छ । एजेन्सी   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *