१५ वर्षिय किशोरीलाई बिहेको प्रलोभन देखाई बलात्कार गर्ने पक्राउ

असोज २, बाँके । बाँकेमा १५ वर्षिय किशोरीलाई बिहेको प्रलोभन देखाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

प्रहरीका अनुसार बिहेको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा  कोहलपुर नगरपालिका–निबुवा बस्ने मनवीर परियारलाई बुधबार साँझ पक्राउ गरिएको हो ।   

गत २९ गते  उक्त बालिकालाई आफ्नो घरमा बोलाएर बिहेको प्रलोभन देखाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । 

Image result for बलात्कार गर्ने पक्राउ

प्रहरीका अनुसार पक्राउ परेका परियारमाथी कारवाहीकोलागि आवश्यक अनुसन्धान भईरहेको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *