एटिएम ह्याक काण्डः स्रोत नखुलेको रकम साट्ने दुई मनी एक्सचेञ्जका सञ्चालक पक्राउ

भाद्र १६, काठमाडौं । चिनियाँ नागरिकलाई एटिएम ह्याक काण्डमा दुई मनी एक्सचेन्ज सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बैंकहरुको एटीएम ह्याक गरी रकम झिक्ने चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका सञ्चालकलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो ।   

यसरी पक्राउ पर्नेमा नेपालय मनी एक्सचेन्ज र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रहेका छन् । मनी एक्सचेन्जका सञ्चालकहरु देवनाथ लामिछाने, रोशन श्रेष्ठ र रेवती दवाडीलाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

चिनियाँ ह्याकरहरुले काठमाडौंको ठमेलमा रहेको ती दुई मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएको प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र वोगटीले जानकारी दिए । मनी एक्सचेञ्ज सञ्चालकलाई स्रोत नखुलेको रकम साटेकाले अनुसन्धानका लागि पक्राउ गरिएकोे प्रवक्ता वोगटीले जानकारी दिए । 

Image result for arrest

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *