जनवादी गायक जेबी टुहुरेको एकल सांगीतिक साँझ विराटनगरमा हुँदै

असोज ६, विराटनगर । विराटनगरमा जनवादी गायक जेबी टुहुरेको एकल सांगीतिक साँझ हुँदैछ । जेबी टुहुरे फाउन्डेशनको आयोजनामा विराटनगरस्थित विरेन्द्रसभा गृहमा आगामी असोज ११ गते शनिबार जेबी टुहुरे एकल सांगीतिक कार्यक्रमको आयोजना हुन लागेको हो ।   

‘जेब टुहुरेको निरन्तरता–२०७६’ नाम दिएर कार्यक्रम आयोजना गर्न लागिएको फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिईन् । उनका अनुसार उनको सांगीतिक साँझ सातै प्रदेशमा आयोजना हुने छ ।   

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख उपस्थितिमा आयोजना हुने कार्यक्रममा टुहुरेले ‘आमा दिदीबहिनी हो’, ‘बसाई हिँडनेको ताँतीले’, ‘छोराहरु हो छोरीहरु हो’, ‘पिरलोेले जिऊ सुकायो’ लगायतका १३ वटा गीत प्रस्तुत गर्नेछन् ।   

सामुहिक गायनमा उनलाई मधु गुरुङ, आकाश थापा, गंगा राई र रामकृष्ण दुवालले साथ दिनेछन् । वाद्यवादनतर्फ हार्मोनियममा राजेश थापा, सारंगीमा भरत नेपाली, बाँसुरीमा बुद्ध लामा, सेक्सोफोन र भायोलिनमा मनोहर सुनाम, किबोर्डमा राहुल भुजेल, तबलामा भरत बुढाथोकी, मादलमा पोषण घर्तीमगर, ढोलकमा राम सुस्लिङ अक्टोप्याडमा शशिभुषण भट्टराई, बेस गिटारमा आकाश गोर्खाली, रिदम गिटारमा दिवश श्रेष्ठ र कंगोेमा दिपक श्रेष्ठ रहने आयोजकले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *