मेडिकल कलेजका सञ्चालक चाबी बुझाउँछु भन्छन्, सरकारले स्वामित्व लिए के हुन्छ ? अपराधमा मुछिँदै मनी चेन्जर, ई पासपोर्टमा कमिसनको चक्कर
असोज ९, काठमाडौँ । राजधानीमा आज प्रकाशित राष्ट्रिय पत्रपत्रिकाहरुले सिस्टम ह्याक गरि नेपाल कृषि विकास बैंकबाट करिब ५ करोड बराबरको रकम झिकिएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको कान्तिपुर दैनिकले मनी चेन्जर अपराधमा मुछिँदै शीर्षकमा समाचार प्रकाशित गरेको छ । कान्तिपुरका अनुसार सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो ।
भदौं १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनि एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका छन् ।
यो घटनापछि देशभरका मनी चेन्जर र तिनको कमजोर नियमनको पाटो सतहमा आयो । हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेलाबखत तानिने मनिचेन्जरहरु यसपटक बैकिङ कसुरमा जोडिन पुगे ।
एटिएम ह्याक गरेर निकालिएको मध्ये २९ लाख ९९ हजार रुपैयाँ यी दुई मनिचेन्जरबाट साटिएको थियो । अन्य पत्रपत्रिकाहरुले पनि यो समाचार छापेका छन् ।
नयाँ पत्रिकाले मेडिकल कलेजको विषयको समाचारलाई प्रमुख समाचार बनाएर छापेको छ । नयाँ पत्रिकाले मेडिकल कलेजका सञ्चालक चाबी बुझाउँछु भन्छन्, सरकारले स्वामित्व लिए के हुन्छ ? शीर्षकमा समाचार छापेको छ । नयाँ पत्रिकाका अनुसार मेडिकल कलेजको औसत नाफा डेढ अर्ब रुपैयाँ रहेको छ ।
कान्तिपुर दैनिकले पनि मेडिकल कलेजहरुको नाफा डेढ अर्ब शीर्षकमा समाचार छापेको छ । कान्तिपुरका अनुसार आर्थिक वर्ष २०७४र०७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ ।
यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरु आफैंले स्वीकारेका पनि छन् । तर, विद्यालयबाट उठाएको अतिरिक्त रकम फिर्ता गर्न चौतर्फी दबाब परेपछि मेडिकल कलेजसञ्चालकहरुले विद्यार्थी भर्ना नै रोक्ने चेतावनी दिएका छन् ।
सरकारले रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरेसँगै उनीहरुले आगामी शैक्षिक सत्रमा कलेज बन्द गर्ने धम्की दिएका हुन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वाथ्य समितिअन्तर्गत गठित उपसमितिले प्रतिवेदनमा मेडिकल कलेजहरुले २ देखि ६६ प्रतिशतसम्म नाफा कमाएको उल्लेख छ ।
त्यस्तै आजको नागरिक दैनिकले ई पासपोर्टमा कमिसन चक्कर शीर्षकमा समाचार छापिएको छ । अन्य समाचारहरुलाई पनि पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । अन्य समाचारहरुलाई पनि पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।