वीपी प्रतिष्ठानमा भोलीदेखि ३ दिने स्वास्थ्य विज्ञान सम्मेलन हुँदै

असोज ७, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भोलीबाट तीन दिने स्वास्थ्य विज्ञान सम्मेलन हुने भएको छ । प्रतिष्ठानको बाल रोग विभागको संयोजनमा भोलीदेखि तीन दिने स्वास्थ्य विज्ञान सम्मेलन हुने आयोजकले बताएका छन् । 

सम्मेलनमा स्वास्थ्य उपचार र स्वास्थ्य शिक्षासँगै वीपी प्रतिष्ठानमा यस बर्ष भएको अनुसन्धानको पेपरका विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका बालरोग विभागका प्रमुख प्रा.डा.प्रकाश पौडेलले बताए । उक्त सम्मेलन प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले गर्नेछन् । 

प्रा.डा.पौडेलका अनुसार सम्मेलनमा प्रतिष्ठानमामा गरिएका स्वास्थ्य अनुसन्धान, शोधपत्रहरु प्राध्यापक, शिक्षक, डाक्टर, नर्स, विद्यार्थी तथा अन्य स्वास्थ्यकर्मीहरुले प्रस्तुत गर्ने कार्यक्रम छ । सम्मेलनमा २१० वटा अनुसन्धान पेपर प्रस्तुतीका लागि तयारी गरिएको छ । प्रतिष्ठानमा हरेक वर्ष विभिन्न विषयमा दुई सय देखि तीन सय सोध तथा अनुसन्धान हुने गरेका छन् । प्रतिष्ठानका सोध अनुसन्धान विश्वका विभिन्न विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानमा समेत पुग्ने गरेका छन् ।   

प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले प्रतिष्ठानमा भएका गुणस्तरीय अनुसन्धानहरु र त्यसबाट प्राप्त उपलब्धीहरुलाई विश्व सामु फैलाउन र विज्ञहरुलाई अझ अनुसन्धान गर्न प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अपेक्षा गरिएको छ ।   

सम्मेलनको पहिलो दिन प्रतिष्ठानका ३२ वटा डिपार्टमेन्टबाट एमविविएस अध्ययनरत विद्यार्थीदेखि विज्ञ चिकित्सकहरुको अनुसन्धान पेपर प्रस्तुत गर्ने कार्यक्रम छ । उनीहरुले प्रस्तुत गरेको शोध पत्र र अनुसन्धान सामग्रीमाथि विज्ञ चिकित्सकहरुले सल्लाह सुझाव प्रस्तुत गर्ने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *